लायन्स क्लबद्वारा विद्यालयमा आरओ वाटर प्लान्ट हस्तान्तरण

भैरहवा, ३० बैशाख । रुपन्देहीको लिलाराम न्यौपाने माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले आरओ वाटर प्लान्ट हस्तान्तरण गरिएको छ।

सिद्धार्थ लायन्स क्लब, एभरेष्ट बैंक र लायन्स क्लब सिद्धार्थनगर लोटसको संयुक्त पहलमा बुधबार उक्त खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा क्लबका अध्यक्ष धर्मराज आचार्यले विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताएका छन।

पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएपछि खानेपानी अभाव भएको जानकारी प्रधानाध्यापकबाट प्राप्त भएपछि नयाँ परियोजना सुरु गरेको अध्यक्ष आचार्यले जानकारी दिए।

परियोजनाको कुल लागत २ लाख ५० हजार रुपैयाँभन्दा बढी रहेको र जसमा एभरेष्ट बैंकले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने बाँकी रकम क्लबको आन्तरिक कोष तथा सदस्यहरूबाट संकलन गरिएको अध्यक्षको भनाइ छ।

विद्यालयमा जडान गरिएको प्रणालीमा शुद्ध र चिसो पानी उपलब्ध गराउन आरओ फिल्टर तथा कुलिङ मेसिन राखिएको छ। साथै स्टिल ट्याङ्की, पाइप र ट्यापहरू ‘फुड ग्रेड’ तथा ‘एन्टी–ब्याक्टेरियल’ प्रविधियुक्त रहेको क्लबले जनाएको छ।

कार्यक्रममा लायन्स क्लब सिद्धार्थनगर लोटसका अध्यक्ष सरिता आचार्यले आगामी दिनमा जडान गरिएका उपकरणहरूको संरक्षण र मर्मतका लागि विद्यालय र क्लबबीच सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरेकी छन।

यस पहलले विद्यालयका विद्यार्थीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय पिउने पानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिए उनको भनाइ छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।