काठमाडौं महानगरका १० नगर प्रहरीलाई ‘हलुका सवारी चालक’ तालिम सम्पन्न

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका १० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ। नगर प्रहरीको कार्यक्षमता वृद्धि गर्ने उद्देश्यले सञ्चालित १६ दिने तालिम बुधबार सम्पन्न भएको हो।

तालिम समापनका अवसरमा आयोजित एक विशेष कार्यक्रममा सवारी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरे।

प्रमाणपत्र वितरण गर्दै एसएसपी अधिकारीले तालिममा सिकेको व्यावसायिक ज्ञान, सीप र ड्राइभिङ कौशललाई आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक र प्रभावकारी ढङ्गले प्रयोग गर्न निर्देशन दिए। सवारी चलाउँदा अपनाउनुपर्ने सुरक्षा सतर्कता र अनुशासनले नगर प्रहरीको सेवा प्रवाहलाई थप सुदृढ बनाउने उहाँको विश्वास थियो।

कार्यक्रममा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले १६ कार्यदिनको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सक्रिय सहभागिता रहेको जानकारी दिए। 

तालिमका क्रममा उनीहरूलाई सवारी साधनको प्राविधिक पक्ष, ट्राफिक नियम र सुरक्षित चालकका गुणहरूबारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिइएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।