बाढी र सडक विस्तारले दुई प्रमुख सडक अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं, ३१ बैशाख । देशका दुई महत्वपूर्ण सडकखण्डमा जोखिम बढेपछि केही दिनका लागि यातायात सञ्चालन रोकिएको छ। प्रहरी प्रशासनले सम्भावित प्राकृतिक विपद् र सडक निर्माण कार्यलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग तथा हुम्लाको हिल्सा–सिमकोट सडकखण्ड बन्द गरिएको जनाएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्ग क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। सोही कारण वैशाख २१ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, हुम्लाको नाम्खा गाउँपालिका–२ अन्तर्गत च्यादुक क्षेत्रमा सडक विस्तारको काम तीव्र रूपमा भइरहेका कारण हिल्सा–सिमकोट सडकखण्ड पनि अस्थायी रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।

च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुंगा र माटो खस्ने जोखिम उच्च रहेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो।

प्रहरीले यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।