पथरीमा ट्राफिक प्रहरीको ‘एक्सन’ साइलेन्सर पड्काउनेलाई पर्दैछ भारी

मोरङ, ३१ बैशाख । बिहान होस कि दिन रात होस कि साझ चर्का आवाज वजाएर मोटरसाइकल कुदाउने प्रति ट्राफिक प्रहरी पथरी ‘निर्मम’ वन्न थालेको छ ।

 

ट्राफिक प्रहरी पथरीको कमाण्ड समाल्न आएका प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपाने एक्सनमा उत्रिएका छन् ।

मोटरसाइकलको साइलेन्सर पाइप ‘मोडीफाइ’ गरेर कुदाउने करिव दर्जन वडीलाई नियन्त्रणमा लिइएको छ ।

 

गत हप्ता मात्रै पथरी आइपुगेका न्यौपानेले शहर नै त्रासिद बनाएर मोटरसाईकल कुदाउने विरुद्ध एक्सन थालेपछि त्यस्ता मोटरसाइकल धनी ‘थान्का’ लाग्न थालेका छन् ।प्रहरी यती निर्मम भएपछि यसरी मोटरसाइकल कुदाउने पनि सचेत हुन थालेका छन् ।

 

मोटरसाइकलमा तिनजना सवार गर्ने, मोटरसाइकल मोडीफाइ गरेर कुदाउने, हेल्मेट नलगाइ कुदाउने र मादक पर्दाथ सेवन गरेर मोटरसाइकल कुदाउने विरुद्ध ट्राफिक प्रहरीले अभियान नै सुरु गरेको हो ।

 

प्रहरी सहायक निरीक्षक न्यौपानेका अनुुसार सवारी नियम तोडने करिव ३ दर्जनलाई ४ दिन भित्रमा नियन्त्रणमा लिएर कारवाहि गरिएको छ । न्यौपानेका अनुसार सवारी चालक अनुमती पत्र नै वनाउने उमेर नभएका विद्यार्थीले लापरवाहि किसीमले पथरीमा मोटरसाइकल चलाउने गरेको र प्राय उनीहरुले नै मोटरसाइकलको साइलेन्सर पाइप मोडीफाइ गरेर चर्का आवाजमा सवारी चलाएको पाइएकाले यसको नियन्त्रणका लागी प्रहरी आक्रमक भएको हो ।

 

केही मावीका विद्यार्थी त्यस्तो कार्यमा वडि भेटिएकाले अव विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सन्चालन गरिने न्यौपानेले जानकारी दिए ।

 

स्थानीयवासीले पनि ट्राफिक प्रहरीको यस कदमलाई सकारात्मक रूपमा लिएका छन्। अनावश्यक आवाज निकाल्ने मोटरसाइकलका कारण विशेष गरी रातिको समयमा सर्वसाधारण हैरान हुने गरेका थिए ।

 

ट्राफिक प्रहरीले आगामी दिनमा पनि सडक अनुशासन, ध्वनि प्रदूषण नियन्त्रण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।