पथरीशनिश्चरेमा पिपलको रुख काटेर पिपलकै कङक्रिड स्तभ शिलान्यास

पथरी, ३१ बैशाख । केहि वर्ष पहिला त्यस ठाउमा पिपलको रुख थियो । सडक विस्तार कै कारण पिपलको रुख काटिएपनि सो ठाउ पिपलचौककै नाममा चिनिन्छ ।

 

पथरीशनिश्चरे ३ को पिपलचौकमा काटिएको पिपललाई प्रतिष्थापन गर्न वडा कार्यालयले पिपलको कङक्रिड स्तभ निर्माण गर्न कार्य थालिएपछि भने आलोचना सुरु भएको छ ।

 

पथरीशनिश्चरे ३ नम्वर वडाले ३ लाख रुपयाँ पिपलको स्तभ निर्माण गर्न आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरे संगै वडावासीले नै त्यसको विरोध गरेका हुन् ।

 

गत सोमवार कङक्रिड पिपलको रुख बनाउन शिलान्यास गरेपछि स्थानिय वडा वासीले नै वडा कार्यालयको सो कार्यको विरोध गर्न सुरु गरेका हुन् । साधुरो पक्की सडक भत्काएर स्तभ निर्माण गर्दा सडक दुर्घटनाको जोखीम हुने स्थानिय गोविन्द खनालले वताए । सडक आफैमा साधुरो छ तर त्यहा सडककै विचमा स्तभ निर्माण गरिदा थप समस्या हुने छ । 

सडक साधुरो भएर सो स्थानमा सवारी दुर्घटना भइरहेको क्रममा यसरी स्तभ निर्माण गरिनु थप सवारी दुर्घटना वडाउने कार्य भएको स्थानियवासीले बताएका छन् ।

 

पथरीशनिश्चरे ३ का वडा अध्यक्ष विजय लिम्बु भने त्यहि कै स्थानियवासीले माग गरे अनुरुप स्तभ निर्माण गर्न लागेको र पहिचानका लागी स्तभ हुने वताए । अनुपात्दक क्षेत्रमा लगानी गरेर स्थानिय तहले वजेट सक्ने कार्य गरेको प्रति भने वडा वासी नै आक्रोशित भएका छन् । सिचाई र कृषी क्षेत्रमा लगानी गर्नु पर्नेमा अनावश्यक क्षेत्रमा स्थानिय सरकारले लगानी गर्दा स्थानिय पालिका र वडाहरु आलोचित बन्दै गएका छन् । 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।