भारतीय कुखुराको तस्करीले स्थानिय मारमा, गौरमा प्रदर्शन

सञ्जय मिश्रा/रौतहट, ३१ वैशाख ।भारतीय कुखुराको अवैध आयातका कारण स्थानीय किसान धराशायी बन्दै गएको भन्दै रौतहटका कुखुरा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

 

तस्करी नियन्त्रण गर्न माग गर्दै बिहीबार सदरमुकाम गौरमा जिल्ला कुखुरा व्यवसाय किसान संघको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

 

“किसानलाई सास्ती, तस्करलाई मस्ती” भन्ने नारासहित निकालिएको र्‍याली घन्टाघरस्थित मुख्य चौकीबाट सुरु भई जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। प्रदर्शनका क्रममा किसानहरूले हातमा कुखुरा बोकेर बजार परिक्रमा गर्दै तस्करीविरुद्ध चर्का नाराबाजी गरेका थिए।

 

प्रदर्शनकारीहरूको आरोप अनुसार केही व्यापारीहरूले भारतबाट सस्तो मूल्यमा कुखुरा भित्र्याएर गोदाममा भण्डारण गर्ने र त्यसलाई नेपाली उत्पादन देखाउँदै बजारमा बिक्री गर्ने गरेका छन्। यस्तो गतिविधिले स्वदेशी उत्पादनको बजार संकुचित भएको तथा किसानहरू आर्थिक संकटमा परेको उनीहरूको भनाइ छ।

जिल्ला कुखुरा व्यवसाय किसान संघका सचिव राधेश्याम साह ले रौतहट कुखुरा तस्करीको मुख्य केन्द्रजस्तै बनेको दाबी गरेका छन्।

“तस्करी नरोकिए यहाँका किसान व्यवसाय नै छोड्न बाध्य हुन्छन्,” उनले भनेका छन्।

संघका अध्यक्ष उमाशंकर साह का अनुसार तस्करी नियन्त्रणको माग गर्दै पटक–पटक प्रशासनलाई ज्ञापनपत्र बुझाइए पनि प्रभावकारी कदम चालिएको छैन।

र्‍यालीपछि किसानहरू जिल्ला प्रशासन कार्यालय अगाडि करिब एक घण्टा धर्नामा बसेका थिए। उनीहरूले सीमा क्षेत्रमा कडा निगरानी, अवैध आयात नियन्त्रण तथा स्वदेशी किसानको संरक्षण गर्न माग गरेका छन्।

किसानहरूले अवैध व्यापार रोक्न नसके स्थानीय कुखुरा व्यवसाय पूर्ण रूपमा धराशायी हुने चेतावनी दिएका छन्। प्रशासनले भने विषय गम्भीर रहेको भन्दै आवश्यक पहल गरिने आश्वासन दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।