कीर्तिपुर हत्या प्रकरण : मुख्य अभियुक्तमाथि गोली चलाएर प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । कीर्तिपुरमा २२ वर्षीय विपिन घिमिरेको हत्यामा संलग्न मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरी फरार हुन खोजेपछि प्रहरीले शाहीको घुँडामुनि गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

गत वैशाख २३ गते दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा गुल्मीका विपिन घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्या गरिएका घिमिरे र अभियुक्तहरू साथी–साथी रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

आपसी विवाद बढ्दै जाँदा उनीहरूले घिमिरेमाथि सांघातिक आक्रमण गरेका थिए। गम्भीर घाइते घिमिरेलाई कीर्तिपुर अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै वैशाख २३ गते तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा अछामका २५ वर्षीय महेन्द्र शाह, कैलालीका २३ वर्षीय रवीन्द्र धामी र २२ वर्षीय रोशन बिष्ट रहेका छन्। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖