ज्योती प्रकाशलाई पक्राउ गर्नुको कारण माग
काठमाडौं, ३१ बैशाख । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिडेटका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेलाई थुनामुक्त गरेको बारेमा कारण आदेश दिएको छ ।
आफ्नो श्रीमान्लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिए पछि न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामी गर्दा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई गत बुधबार सिन्धुलीवाट पक्राउ गरेको थियो ।


