रास्वपा नभएको राष्ट्रियसभावाट नीति तथा कार्यक्रम पारित
काठमाडौं, ३१ जेठ । संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेको प्रश्नको जबाफ दिए पछि नीति तथा कार्यक्रम पारित भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सो पारित गराउन प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेस गरेको भए पनि सबै अस्वीकृत भएका थिए, राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छैन। तर नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी सहित अधिकाशं सांसदहरूले नीति तथा कार्यक्रमको पक्षमा मत जाहेर गरेका थिए ।


