प्याब्सन सिद्धार्थनगरद्वारा चित्रकला प्रतियोगिता सम्पन्न

सिद्धार्थनगर, १ जेठ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगरले आफ्नो वार्षिक कार्यतालिका अन्तर्गत चित्रकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा संस्थामा आबद्ध २६ वटा सदस्य विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सिद्धार्थनगर प्याब्सनका अध्यक्ष कुमार मल्लीले संस्थाले विद्यार्थी, शिक्षक, समाज तथा प्रधानाध्यापकहरूका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी दिए। अध्यक्ष मल्लीका अनुसार हरेक व्यक्तिमा विभिन्न प्रकारका प्रतिभा हुने गर्दछ। गणित र विज्ञानले तार्किक क्षमता, भाषाले भाषिक क्षमता तथा खेलकुदले शारीरिक क्षमताको विकास गर्ने भए पनि चित्रकलाले विद्यार्थीहरूको सोच्ने शैली, हेर्ने दृष्टिकोण र रचनात्मक क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

यसैबीच, यूरो किड्स भैरहवाकी प्रिन्सिपल तथा आर्ट कम्पिटिसन कोर्डिनेटर प्रतिष्ठा चालिसे मल्लले प्रतियोगिताको विषय मेरो सपना मेरो स्कुल  रहेको जानकारी दिइन्। उक्त विषय अन्तर्गत बालबालिकाहरूले आफ्नो विद्यालयप्रतिको भावना र कल्पनालाई चित्रमार्फत प्रस्तुत गरेका थिए।

उनले कला र रङहरूले बालबालिकाको जीवनलाई रंगीन बनाउनुका साथै उनीहरूलाई भावनात्मक तथा सामाजिक रूपमा जोड्न मद्दत गर्ने विश्वास व्यक्त गरिन्। रङ र चित्रकलामार्फत बालबालिकाको मानसिकता तथा व्यक्तित्व बुझ्न पनि सहज हुने उनको भनाइ थियो।

प्रतियोगितामा करिब १९ वटा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।