पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङको कार्यकाल र त्यसपछि उठेका विभिन्न सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को गत वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने रहेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार, वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयहरूको सत्यतथ्य अध्ययन गरी सरकारलाई राय सुझाव पेस गर्न समितिलाई जिम्मेवारी दिइएको छ।

समितिले आफ्नो कार्य प्रारम्भ गरेको १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने गरी समयावधि तोकिएको छ। पूर्वगृहमन्त्री गुरुङ मन्त्री रहँदा भएका निर्णय र त्यसपछि सार्वजनिक भएका विवादित विषयहरूलाई लिएर चौतर्फी प्रश्न उठेपछि सरकारले न्यायिक र प्रशासनिक विज्ञहरू सम्मिलित यो समिति बनाएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।