छुट्टी मनाउन घर आएका भारतीय सेनामा कार्यरत धरानका २४ वर्षीय पाल्देन शेर्पाको मोटरसाइकल दुर्घटनामा मृत्यु

धरान । छुट्टी मनाउन घर आएका धरान सुन्दर बस्तीका २४ वर्षीय पाल्देन शेर्पाको मोटरसाइकल दुर्घटनामा निधन भएपछि यतिबेला सिंगो बस्ती शोकमा डुबेको छ।

भारतीय सेनामा विगत पाँच वर्षदेखि कार्यरत पाल्देन एक साताअघि मात्रै घर आएका थिए। परिवारसँग समय बिताउँदै भविष्यका योजना र सपनाबारे कुरा गरिरहेका उनी बुधबार भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकको प्रयास सफल हुन नसक्दा उनको निधन भएको परिवार स्रोतले जनाएको छ। जवान छोराको असामयिक निधनले परिवार शोकमा डुबेको छ भने स्थानीयवासीसमेत भावुक बनेका छन्।

पाल्देनको शव विराटनगरमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको थियो। त्यसपछि खत्री धारामा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली दिन सयौं स्थानीयवासी, आफन्त र साथीभाइ पुगेका थिए।

घरमा खुसी बोकेर आएका पाल्देन अब परिवार र साथीभाइको सम्झनामा मात्रै सीमित बनेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।