सुनसरी, मोरङ र झापाबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, जेठ २ गते । सुनसरी, मोरङ र झापाबाट प्रहरीले हिजो लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकली स्थितबाट इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका ८ का ३२ बर्षीय शुसिल कुमार राजवंशीलाई ब्राउन सुगर ३०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

यसै गरी इटहरी उपमहानगरपालिका ४ फलामे पुल स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका २ का ३० बर्षीय रोशन धामीलाई ब्राउन सुगर ३५० मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसै गरी झापाको कनकाई नगरपालिका ५ चाप्रमारी स्थितबाट अस्थाई प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरी टोलीले झापा कमल गाँउपालिका ५ का २६ बर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका ६ का २० बर्षीय प्रदिप रसायलीलाई ब्राउन सुगर ११ ग्राम ९७० मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसै गरी मोरङको पथरीशनिश्चरे नगरपालिका ८ स्थित कुशलचोकबाट अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २४ बर्षीय सुमन राईलाई ट्रामाडोल २,२१० क्याप्सुल र स्पासपेन २,३२० चक्की सहित पक्राउ गरेको छ ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।