सुनसरी जिल्ला अदालतको शौचालयबाट प्रहरीलाई झुक्याएर फरार भएका १९ वर्षीय खड्का अन्ततः पक्राउ

सुनसरी । सुनसरी जिल्ला अदालतको शौचालयबाट इटहरी प्रहरीलाई झुक्याएर फरार भएका १९ वर्षीय सुरज खड्का अन्ततः पक्राउ परेका छन् ।

प्रहरीका अनुसार फरार भएपछि खड्का पोखरा पुगेका थिए । उनले त्यहाँ एक होटलमा ग्राहक बनेर कोठा लिएपछि छेउकै कोठामा बसेका विदेशी पर्यटकको आइफोन र ल्यापटप चोरी गरी फरार भएको अनुसन्धानबाट खुलेको छ ।

चोरी गरेको मोबाइल प्रयोग गर्दै उनले फोनधनीलाई सम्पर्क गरी आफूलाई प्रहरी परिचय दिएका थिए । “तपाईंको फोन फेला परेको छ, भेरिफाइ गर्न लक कोड दिनुहोस्,” भन्दै उनले कोड माग्ने प्रयास गरेका थिए । तर, यही तरिकाले प्रहरीको शंका बढेपछि उनको खोजी तीव्र बनाइएको थियो ।

कास्की र इटहरी प्रहरीको संयुक्त टोलीले उनलाई शुक्रबार हेटौंडाबाट पक्राउ गरेको जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।