बौधिमाईका मेयरमाथी शिक्षकलाई ‘थुनेर कुटपिट’ गरेको आरोप

सञ्जय मिश्रा/रौतहट २ जेठ । रौतहटको दक्षिणी भेग भारतीय सिमाना सँग जोडिएको बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादव माथि फेरि गम्भीर दुर्व्यवहारको आरोप लागेको छ।

 

एक शिक्षकले आफूलाई नगरपालिकाभित्रै घण्टौँ नियन्त्रणमा राखेर कुटपिट गरिएको दाबी गरेका छन्।

 

शंकर गुदर माबी सरमुजावामा कार्यरत शिक्षक रामबाबु यादवका अनुसार नगरपालिकाका लेखापाल तथा शिक्षा संयोजक रमेश यादवले शुक्रवार छलफलको बहानामा उनलाई कार्यालयमा बोलाएका थिए। त्यसपछि मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले आफूलाई एउटा कोठाभित्र नियन्त्रणमा राखेर कुटपिट गरेको आरोप उनले लगाएका छन्।

 

शिक्षक यादवका अनुसार दिउँसो करिब २ः३० बजेदेखि राति ९ बजेसम्म आफूलाई कोठाभित्र थुनेर राखिएको थियो। सो अवधिभर गालीगलौज, धम्की, मानसिक यातना तथा निर्घात कुटपिट गरिएको र ज्यान मार्ने धम्कीसमेत दिइएको उनले बताएका छन्।

 

घटनापछि न्यायको खोजीमा प्रहरी प्रशासन पुगे पनि हालसम्म प्रभावकारी सुनुवाइ नभएको भन्दै उनले गुनासो गरेका छन्। स्थानीयवासीले पनि घटना सार्वजनिक भइसकेपछि समेत कुनै ठोस कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले घटना बारे लिखित निवेदन परेको बताएका छन्। जिल्ला प्रहरी कार्यालयबाट शिक्षक यादवको घाइतेको घाउ जाँच केस फारम गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्यालले जानकारी दिएका छन्।  मेयर प्रदीप यादवले कुटपिट वा थुनछेक बारे सम्पूर्ण आरोपको खण्डन गरेका छन्।

 

पीडित भनिएका शंकर गुदर माबि सरमुजवाका शिक्षक रामबाबु यादवले यस अघी आफ्नै आईडीबाट म्यादी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, म्यादी वडा अध्यक्ष, म्यादी मेयर तिमीहरू लाई थोरै पनी नैतिकता छ भने आ आफ्नो पदबाट राजिनामा देऊ भनेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।

 

सो बारे नगरपालिकाबाट ७ दिने लिखित स्पष्टीकरण माग गरिएको थियो। तर शिक्षक यादवले उक्त स्पष्टीकरण को जवाफ नदिँदा शुक्रवार कार्यपालिका बैठकमा बोलाएर सोही पोष्ट बारे सोधबुझ गरेको र उनलाई नैतिकता को पाठ सिकाएको तर थुनछेक वा कुटपिट नगरेको मेयर यादव न्युज कारखाना सँग कुरा गर्दै दाबी गरेका छन्।

 

स्थानीयका अनुसार मेयर प्रदीप यादवमाथि यसअघि पनि कर्मचारीमाथि कुटपिट, सार्वजनिक दुर्व्यवहार, स्वास्थ्यकर्मीलाई शौचालयमा थुन्ने, शिक्षकलाई नियन्त्रणमा लिएर हातपात गर्ने, योजना प्रमुखलाई डोरीले बाँध्ने तथा कर्मचारीलाई अभद्र व्यवहार गर्ने जस्ता आरोप लाग्दै आएका छन्।

 

केही दिनअघि मधेश प्रदेशकी शिक्षा मन्त्री रानी शर्मा सँग पनि विवाद भएको चर्चा चलेको थियो। मन्त्रालय परिसरमा भएको भनिएको उक्त विवादपछि प्रहरीको सहयोगमा उनलाई बाहिर निकालिएको विषय सामाजिक सञ्जालमा समेत चर्चामा आएको थियो।

बारम्बार यस्ता आरोप सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।