‘इतिहास पुरुष : ज्ञानमणि’ स्मृतिग्रन्थको लोकार्पण

काठमाडौं  । नेपालका चर्चित इतिहासविद् ज्ञानमणि नेपाल (१९८९ माघ १७ – २०८१ जेठ १) को दोस्रो स्मृति दिवसका अवसरमा वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ‘इतिहास पुरुष : ज्ञानमणि’ नामक बृहत् स्मृतिग्रन्थको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा लोकार्पण गरियो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य र न्यायशताब्दी पुरुष कृष्णप्रसाद भण्डारीको विशेष आतिथ्यमा सञ्चालित यस कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालको अध्यक्षता रहेको थियो।

स्मृतिग्रन्थका लेखक-लेखिका तथा प्राज्ञिक क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको यस समारोहमा इतिहास, संस्कृति र साहित्यका क्षेत्रमा अनेकौँ चर्चित र उपयोगी ग्रन्थहरूको रचना र प्रकाशन गरी नेपाली समाजलाई ज्ञानमणि नेपालले पुर्‍याएको प्राज्ञिक सेवा अतुलनीय र गौरवशाली रहेको कुरा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उल्लेख गरे।

समारोहमा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइराला, इतिहासविद् प्राध्यापक दिनेशराज पन्त, प्रा.डा. हरिप्रसाद पराजुली, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत लगायतका वक्ताहरूले स्मृतिग्रन्थ र ज्ञानमणि नेपालको प्राज्ञिक योगदानबारे चर्चा गरे।

प्रतिष्ठानका सचिव एवं स्मृतिग्रन्थका सम्पादक कोषराज न्यौपानेले विषय प्रवेश र स्वागत गरिएको यस समारोहमा ज्ञानमणिजस्तो उद्भट प्रतिभाशाली आधिकारिक विद्वान्, खोज र अनुसन्धानको गहिराइमा पुगेर इतिहासको प्रामाणिक तथ्यलाई अकाट्य रूपमा प्रस्तुत गर्न सक्ने अनुसन्धाता, साहित्यका क्षेत्रमा पनि तथ्यगत, तार्किक र गहिरो विश्लेषणयुक्त निर्भीक प्रस्तुति दिने समीक्षक एवं नेपाली राजनीतिक अवस्थाको केन्द्रविन्दु तथा संस्कृतिक चिन्तनको जरासम्म पुगेर प्रस्तुति दिने व्यक्तित्वका बारेमा एउटा स्थायी दस्तावेजका रूपमा यो इतिहास पुरुष : ज्ञानमणि स्मृतिग्रन्थ पठनीय र सङ्ग्रहणीय बन्न पुगेको चर्चा गरियो।

एक्काइसौँ शताब्दीको समकालीन नेपाली सामाजिक परिवेशभित्र ऐतिहासिक, साहित्यिक र सांस्कृतिक क्षेत्रमा परैबाट टड्कारो रूपमा देखिने एउटा विराट् बौद्धिक धरोहर ज्ञानमणि नेपालका जीवनका, व्यक्तित्वका र ज्ञानका विविध पाटालाई प्रस्तुत ग्रन्थले प्रतिनिधित्व गरेको कुरा स्मृतिग्रन्थका अर्का सम्पादक प्रह्लाद पोख्रेलद्वारा जानकारी दिइयो।

स्मृतिग्रन्थका व्यवस्थापक, प्रतिष्ठानका सहसचिव एवं ज्ञानमणि नेपालका सुपुत्र सन्तोषमणि नेपालद्वारा स्मृतिग्रन्थको प्रकाशन र यसमा समाविष्ट विविध विषयबारे विशद् रूपमा जानकारी दिँदै सबैमा धन्यवाद दिइएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।