विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु
विराटनगर । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत ग्रामथानको झोराहाट स्थित कार्यरत ज्यालादारी कर्मचारी रामआशिष मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार बिहान करिब १० बजेको समयमा ११ हजार भोल्टेजको विद्युत लाइनमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ ।
मण्डल फुजसेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत रहेका थिए ।


