सिद्धार्थ भिलासा भैरहवामा जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एण्ड फन’

भैरहवा । सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव ‘सिद्धार्थ फुड एण्ड फन’ आयोजना गर्ने भएको छ । भैरहवास्थित सिद्धार्थ भिलासामा आयोजना हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद एउटै थलोमा उपलब्ध गराइने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका सिईओ कृष्ण न्यौपानेले बताए ।

महोत्सवमा नेवारी, हिमाली, थारु, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानासहित कन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक तथा मेडिटेरियन परिकारका स्टल रहनेछन् । 

महोत्सवमार्फत नेपाली रैथाने खानाको प्रवद्रर्धनसँगै विभिन्न क्षेत्रका मौलिक स्वादलाई एउटै स्थानमा ल्याउने प्रयास गरिएको बताइएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपअन्तर्गतका विभिन्न  आउटलेटमा कार्यरत सेफले आ–आफ्नो भेगका विशेष परिकार प्रस्तुत गर्नेछन् ।

महोत्सवमा खाना खाने प्रतियोगिता, घरेलु खाना पकाउने प्रतियोगिता, बालबालिकामुखी खेल, मनोरञ्जनात्मक गतिविधि तथा विभिन्न सहभागितामूलक कार्यक्रम सञ्चालन गरिनेछ । खाना पकाउने प्रतियोगितामा इच्छुक सहभागीले सिद्धार्थ भिलासा भैरहवामा सम्पर्क गरि  नाम दर्ता गरेर भाग लिन सक्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ । महोत्सवको पहिलो दिन जेठ ९ गते  गायिका समीक्षा अधिकारी र गायक अर्जुन सापकेटाको प्रस्तुति रहनेछ भने जेठ १० गते गायक दीपक बज्राचार्य र उनको ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् । दुवै दिन लुम्बिनी क्षेत्रका स्थानीय कलाकारले पनि लोक तथा सांस्कृतिक प्रस्तुति दिने छन् ।

कार्यक्रम दैनिक दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । आगन्तुकले विभिन्न फुड स्टलमा कुपन प्रणालीमार्फत आफूले चाहेका परिकारको  स्वाद लिन सक्ने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका क्षेत्रीय कार्यकारी निर्देशक महेन्द्र न्यौपानेले जानकारी दिए ।

कार्यक्रमलाई केवल व्यापारिक कार्यक्रमभन्दा पनि सामुदायिक जमघट, नेपालका रैथाने परिकार एवं आन्तरिक पर्यटन प्रवद्रर्धन र भैरहवामा आर्थिक गतिविधि चलायमान बनाउने प्रयासका रूपमा अघि सारिएको हो । सिद्धार्थ ग्रुपद्वारा विभिन्न सहरमा वियर फेस्ट, मःमः महोत्सव, फुड फेस्ट जस्ता कार्यक्रम मार्फत खाना पर्यटनको प्रवद्रर्धन गर्दै आएका छौं । भैरहवामा भने यो पहिलो कार्यक्रम हो ।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरी ३० वटा आउटलेट सञ्चालन गर्दै आएको छ । साथै देशभर करिब २५०० जनालाई रोजगारी पनि दिएको छ । 

हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव र तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्ड एवं सिद्धार्थ कटेज, सिद्धार्थ क्याफे संचालनमा छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।