मोरङको उर्लाबारी–१ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहका सचिव भ्रष्टाचारको आरोपमा बर्खास्त, १० लाख हिनामिना गरेको आरोप

उर्लाबारी, ३ जेठ । मोरङको उर्लाबारी–१ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहका सचिव जितबहादुर खड्का भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त भएका छन्।

 

वनको वार्षिक साधारणसभा सम्पन्न भएसँगै उनलाई बर्खास्त गरिएको हो ।

 

खड्कामाथि विगतदेखि नै काठ (लकडी) अनियमितता गरेको आरोप लाग्दै आएको थियो। स्थानीय तहमा यस विषयमा छलफलसमेत भएको थियो। उपभोक्ताहरूका अनुसार वनबाट निकालिएको भनिएको काठ मिलमा भेटिएको, पछि फिर्ता ल्याइएको तथा केही काठ आफ्नै हस्ताक्षरमा लगिएको पाइएको थियाे। इन्दिरा खड्काको नामबाट काठ लगिएको देखिए पनि वास्तविक काठ भने फेला नपरेको आरोप छ।

 

त्यस्तै, खड्काले आफैं बिलमा हस्ताक्षर गरी किर्ते गरेको र ५ वटा बिलमार्फत करिब १० लाख रुपैयाँ बराबरको हिनामिना भएको दाबी गरिएको छ। सोही विषयमा उपभोक्ता लाखबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा उजुरी दिएका थिए।

 

उजुरी दिनुअघि अध्यक्ष र सचिवसँग सोधपुछ गर्दा “वनको कर्मचारी बोलाई दिउँ” भन्दै धम्की दिइएको आरोपसमेत उपभोक्ताले लगाएका छन्। त्यसपछि अख्तियारले काठ बिक्री, मौज्दात (स्टक) तथा अन्य खर्चको विवरण पेश गर्न निर्देशन दिएको बताइएको छ।

 

यसैबीच, साधारणसभा भने विस्तृत आर्थिक हिसाब प्रस्तुत नगरी सम्पन्न भएको जनाइएको छ। असन्तुष्ट केही उपभोक्ताहरू सभामा सहभागी नै नभएको स्रोतले जनाएको छ। सभामा के–कस्ता निर्णय भए भन्नेबारे पनि स्पष्ट जानकारी आउन सकेको छैन्।आर्थिक बर्ष २०८१/८२ को साधारणसभा भएको तर यस आर्थिक बर्षको बजेट समेत पारित नभएको उपभोक्ताको भनाई छ।

 

नयाँ सचिवका रूपमा सरिता शेर्मा चयन भएकी छन्। तर हालसम्म पनि वनको चाबी पूर्व सचिव खड्काकै नियन्त्रणमा रहेको उपभोक्ताहरूले बताएका छन्। उक्त प्रकरणबारे सब–डिभिजन वन कार्यालय मंगलबारेले छानबिन गरिरहेको जनाइएको छ।

 

यस सम्बन्धमा खड्कासँग सम्पर्क गर्दा उनले आफूविरुद्ध भ्रष्टाचारको आरोप लागेकै कारण राजीनामा दिएको बताएका छन्।

 

हरियाली सामुदायिक वन उपभोक्ता समूह २०५७ सालमा स्थापना भएको हो। १०६.६६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा हाल ११५ घरधुरी उपभोक्ता आवद्ध छन्। वनले उपभोक्ताहरूलाई दाउरा, घाँस, कृषि औजार तथा घर–गोठ निर्माणका लागि आवश्यक काठ उपलब्ध गराउँदै आएको छ। साथै विपन्न परिवारलाई ५० प्रतिशत छुटमा काठ वितरण गर्ने व्यवस्था रहेको अध्यक्ष इन्दिरा बुढाथोकीले जानकारी दिएकी छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।