कामरिता शेर्पा ३२ औं पटक सगरमाथाको चुचुरोमा, बन्यो अर्को विश्वकिर्तिमान

काठमाडौं, ३ जेठ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै यसअघि आफैँले बनाएको विश्व कीर्तिमान पनि भंग गरेका छन्। उनी सबैभन्दा बढी पटक सगरमाथा चढने आरोहीको नयाँ किर्तिमान बनाउन सफल भएका छन्।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण सुरु गरेका सोलुखम्बाको शेर्पाले सन् २०२६ सम्म निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गरिरहेको  आयोजक सेभेन समिट ट्रेकले उल्लेख गरेको छ ।

‘कामी रिता शेर्पा केवल नेपालका राष्ट्रिय पर्वतारोहण नायक मात्र होइन, उहाँ सगरमाथाकै एक जीवित प्रतीकका रूपमा विश्वभर परिचित हुनुहुन्छ। उहाँको अदम्य साहस, अनुभव र निरन्तरताले हरेक वर्ष नयाँ पुस्तालाई प्रेरणा दिइरहेको छ। अब उहाँको सुरक्षित अवतरणको कामना गर्दै बेस क्याम्पसम्म सकुशल फर्किन शुभेच्छा व्यक्त गर्दछौँ। काठमाडौंमा पुनः स्वागत गर्न आतुर छौं,’ सेभेन समिटले आफ्नो पेजमा लेखेको छ।
्र

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।