लाक्पाद्वारा ११औँ पटक सगरमाथाकाे सफल आरोहण, बन्याे विश्व किर्तिमान

काठमाडौं, ३ जेठ । नेपाली पर्वतारोही लाक्पा शेपाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् ।

लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान कायम गरेकी हुन् । आज नै नेपाली पर्वतारोही कामरिता शेर्पाले ३२ औं पटक समगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गरेका थिए । 

सेभेन समिट ट्रेकका अनुसार उनले आज बिहान ९ः३० बजे सगरमाथाको चुचुरोमा पुग्दै पुनः इतिहास रच्न सफल भएकी हुन् । यससँगै उनी सगरमाथा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्वकै पहिलो र एक्लो महिला समेत बनेकी छिन् ।

‘यस अद्भुत उपलब्धिसँगै उनले आफ्नो साहस, आत्मविश्वास, शक्ति र पर्वतप्रतिको समर्पणमार्फत विश्वभरका पर्वतारोही तथा महिलाहरूलाई निरन्तर प्रेरणा दिइरहेको छ,’ उनको  सफल आरोहण पछि ट्रेकले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।