भारततर्फ तस्करी हुँदै गरेको ४० लाख बराबरको सामान सहित ट्रक नियन्त्रणमा

मुकेश कुमार यादव/सिरहा, ३ जेठ । सिरहाको पूर्वी(दक्षिणी भारतीय सीमा क्षेत्र नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरी बलले भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

 

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शनिबार राति स १ ख ५३५ नम्बरको ट्रकसहित ओखर, क्लोजअप टुथपेस्ट, फेरेनलब्ली लगायतका सामान बरामद गरेको हो। प्रहरीले ट्रकको मूल्य करिब २० लाख रुपैयाँ र ट्रकमा रहेको सामानको मूल्य पनि करिब २० लाख रुपैयाँ बराबर रहेको जनाएको छ।

 

प्रहरीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा सामान तस्करी गर्न लागेको आशंकामा ट्रक नियन्त्रणमा लिने क्रममा तस्कर समूहले अवरोधसमेत सिर्जना गरेका थिए।

 

नियन्त्रणमा लिइएको ट्रक हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाको सन्हैठास्थित कार्यालयमा राखिएको छ। गणका सूचना अधिकारी डीएसपी श्यामबाबु यादवका अनुसार बरामद सामान भगवानपुर–१ निवासी आनन्द यादवको रहेको खुलेको छ।

डीएसपी यादवले बरामद सामानको यकिन परिमाण तथा मूल्यांकन कार्य भइरहेको जानकारी दिए।  “अहिले नै सम्पूर्ण विवरण सार्वजनिक गर्ने अवस्था छैन। आइतबार बिहानदेखि सामानको परिमाण र मूल्यांकन गर्ने काम भइरहेको छ,” उनले भने।

 

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार बरामद सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।