सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका दुई महिला कर्मचारीहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी नयाँ इतिहास रचेका छन्। सशस्त्र प्रहरी बलको तर्फबाट सगरमाथाको चुचुरोमा पुग्ने उनीहरू पहिलो महिला आरोही हुन्।

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्न सफल भएका हुन्।

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–माबुमा जन्मिएकी सहायक निरीक्षक निम डिक्की शेर्पा र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडी समेत रहेकी सहायक हवल्दार अनिता कार्कीले कार्यक्षेत्रमा प्रदर्शन गरेको उच्च अनुशासन, अभूतपूर्व साहस र उच्च मनोबलकै कारण यो ऐतिहासिक सफलता सम्भव भएको हो। उनीहरूको यो उपलब्धिले समग्र सशस्त्र प्रहरी बल नेपालको प्रतिष्ठा र गौरवलाई विश्वसामु अझ उच्च बनाएको छ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा विशेष दक्षता हासिल गरेका यी आरोहीहरूले यसअघि मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन्।

यस ऐतिहासिक आरोहण अभियानमा आरोही निम डिक्की शेर्पालाई निमा साङ्गे शेर्पाले र आरोही अनिता कार्कीलाई टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक (गाइड) तथा सहयोगीको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

सुरक्षा निकायमा कार्यरत महिलाहरूको यो कठीन र ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, उनीहरूको आन्तरिक क्षमता र नेतृत्वदायी भूमिकालाई अझ बढी प्रेरित, पाठ र उत्साहित बनाउने विश्वास संगठनले लिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।