मितिनि नेपालले मनायो होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया बिरूद्दको दिवस

काठमाडौं, ३ जेठ । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया बिरुद्को अन्तर्राष्ट्रिय दिवस दिवस २०२६ भब्य रूपमा मनाइएको छ । 
 
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक हित र अधिकारकारसाथै समाजले हेर्ने दृष्टि परिवर्तन गर्ने उद्येश्यले आज नेपालमा पनि सो दिवस मनाईएको हो  । 
 
विश्व स्वास्थ्य संगठनले समलैङ्गितालाई मानसिक रोगको सूचीबाट हटाइ समलैङ्गिता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरेको दिनको स्मरण गर्दै बिश्वभर आज होमोफोबिया बाइफोबिया र ट्रान्सफोबिया बिरुद्को अन्तर्राष्ट्रिय दिवस दिवस मनाउने गरिन्छ ।
 
कार्यक्रममा महिला बालबालिका मन्त्री सीता नेपाल बादीले सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक हित र अधिकार सुनिश्चित हुने गरी आगामी कार्यक्रममा सम्वोधन गरिने जानकारी दिदै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुलाई घृणाको दृष्टिले नभइ मायाको दृष्टिले हेर्नु पर्नेमा जोड दिएकी छिन । 
 
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अपमान वा गाली गलौजका साथै मतभेद गर्न नपाइने कानूनको पालना गरी उनीहरुलाई स सम्मान समाजले स्वीकार्नु पर्ने बताए । 
 
यस्तै गरी निर्वाचन आयुक्त भोजराज पोखरेलले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानसहित अधिकारलाई सरकारले केही हद सम्म सुनिश्चित गरेको भए पनि समाजमा धेरै कठिनाइ भोग्नु परिरहेको बताए । 
 
मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जीवन अनुभव संघर्ष पहिचान र भविष्यका आशाहरुलाई तस्वीरमार्फत समेटिएको चित्रात्मक पुस्तक ‘साहस’को समेत सार्वजनिक गरिएको थियो ।

सो क्रममा मितिनी नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा सातवटै प्रदेशबाट साे समुदायलाई सहयोग गर्ने ३ सय जना सरोकारवालाहरुको सहभागिता रहेका थिए ।  
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।