प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिको प्रतिवेदन २०८३ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, आजको बैठकमा आर्थिक बर्ष २०८३÷८४ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।


