संसदीय समितिमा ४ मन्त्रालयको बजेटबारे छलफल हुने
काठमाडौं, ४ बैशाख । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय परिसर सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १०ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा आगामी आर्थिक बर्ष २०८३÷०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुदैँछ ।
आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, उर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ ।


