एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू सम्मानित

भैरहवा, ०४ जेठ । सिद्धार्थनगरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्याब्सनले सम्मान गरेको छ। १८ विद्यालयका करिब ३०० विद्यार्थी सम्मानित हुँदा २ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेर विशेष सफलता हासिल गरेका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० सिद्धार्थनगरद्वारा आयोजित कार्यक्रममा प्याब्सनमा आबद्ध २६ विद्यालयमध्ये १८ विद्यालयका ७८५ विद्यार्थीमध्ये ६७५ जना उत्तीर्ण भएको जानकारी दिइयो। ३।२ जीपीएभन्दा माथि ल्याउने विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले विद्यार्थीलाई अनावश्यक दबाब नदिन आग्रह गर्दै शिक्षा केवल अंकका लागि नभई असल र सफल व्यक्ति बन्ने माध्यम भएको बताइन्।

प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा समाज–सरकारको सहकार्यले राम्रो नतिजा सम्भव भएको बताए। उनका अनुसार हाल सिद्धार्थनगरको उत्तीर्ण प्रतिशत ८६ रहेको छ भने १४ प्रतिशत विद्यार्थी नन–ग्रेड भएका छन्। उनले आगामी वर्षमा नन–ग्रेड संख्या शून्यमा झार्दै शतप्रतिशत नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।