सुनसरीको इटहरीमा सटर जडान गर्ने क्रममा करेन्ट लागेर भोजपुरका एक युवाको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ हटियालाइन क्षेत्रमा सटर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
स्थानीयका अनुसार मृत्यु हुनेमा भोजपुर घर भई इटहरीमा डेरा गरेर बस्दै आएका २१ वर्षीय युवक रहेका छन्। सटर लगाउने क्रममा अचानक विद्युत् प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए।
घटनापछि उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


