झापा, सुनसरी र मोरङ लागू औषध सहित ८ जना पक्राउ

विराटनगर, जेठ ०४ गते । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट जेठ ०३ गते लागू औषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगर, दमक-९ का १९ वर्षीय सनम लिम्बुलाई प्रतिबन्धित लागू औषध ७५ क्याप्सुल र ७५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत प्रहरी कार्यालयहरुले इटहरी-२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, धरान-१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेट सहित, रामधुनी नगरपालिका-९ का २२ वर्षीय रोहन चौधरी र रामधुनी-७ का २३ वर्षीय मनिस चौधरीलाई ६ ग्राम ७४ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा-४ स्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ ।

यसका साथै इलाका प्रहरी कार्यालय लेटाङले बेलबारी नगरपालिका-११ का २३ वर्षीय प्रेम बहादुर तामाङ र बेलबारी-४ का २० वर्षीय संजोग विशंखेलाई ६ ग्राम २८ मिलिग्राम ब्राउन सुगर सहित लेटाङ-३ स्थितबाट नयन्त्रणमा लिएको छ ।

लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।