फुङ्लिङ–याम्फुदिन हुँदै कञ्चनजङ्घा बेस क्याम्प जोड्ने सडक कालोपत्रे योजनाको शिलान्यास

ताप्लेजुंग । फुङ्लिङ–याम्फुदिन हुँदै कञ्चनजङ्घा बेस क्याम्प जोड्ने सडक कालोपत्रे योजनाको शिलान्यास गरिएको छ।

कोशी प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको पूर्वाधार विकास कार्यालय फुङ्लिङमार्फत ठेक्का प्रक्रिया सम्पन्न भएपछि सोमबार एक कार्यक्रमबीच योजनाको शिलान्यास गरिएको हो।

बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन हुने उक्त सडक कालोपत्रे कार्य २०८५ वैशाख ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। २३ करोड १७ लाख ७० हजार ३९५ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी हिमालयन कन्ट्रक्सन ले २०८३ वैशाख ३१ गते सम्झौता गरेको जनाएको छ।

कोशी प्रदेशका पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो ले सडक स्तरोन्नति तथा कालोपत्रेपछि सदरमुकाम फुङ्लिङदेखि ग्रामीण क्षेत्र हुँदै कञ्चनजङ्घा क्षेत्रमा पुग्ने यात्रु तथा स्थानीयवासीलाई सहज आवागमन हुने बताउनुभयो। उहाँका अनुसार यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, कोशी प्रदेशका पूर्वमन्त्री खगेनसिं हाङगाम ले सडक कालोपत्रेपछि कञ्चनजङ्घा क्षेत्रको पर्यटन विकास, आर्थिक गतिविधि विस्तार तथा स्थानीय नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा लीलादेवी बोखिम, आमिर मादेन, केशर कुमार मेन्याङ्बो तथा भीमादेवी ओझा लगायत जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयवासीको उपस्थिति रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।