भैरहवामा लामिनारको नयाँ एम्पिरियो शो रूम सञ्चालनमा

भैरहवा, ४ जेठ । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लामिनारले भैरहवामा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ ।

 

लामिनारले भैरहवाको सिद्धार्थनगरमा जे जे स्टोनेक्स प्रा.लि.सँगको सहकार्यमा शोरुम सञ्चालन गरेको हो ।

प्रिमियम टायलका लागि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबिचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरिया टायलको विक्रीवितरण सुरु गरेको हो । 

लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुन्छन् र नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाईड टायल) अन्तर्गत पर्छन्। यस्तो टायल कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल पाइन्छन्। भैरहवाको यस शोरुममा लमिनारका ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन्। 

शोरुमलाई घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्षित गरेर बनाइएको हो। यहाँ टायल छनोट गर्दा कुन प्रयोजनको लागि कस्तो टायल छनोट गर्ने भन्ने कुरालाई पनि प्राथमिकता दिइएको छ । 

“यो शोरुमले ग्राहकलाई टायललाई राम्रोसँग हेर्न, प्रयोगअनुसार छनोट गर्न सहयोग पुर्याउँछ । अब टायल छनोट डिजाइन मात्र होइन, प्रयोगको आधारमा पनि गर्न सकिनेछ।” लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले बताए । 

यसैगरी शोरुम उद्घाटन गर्दै युवा व्यसायीको संलग्नतामा अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन भएकोमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले लामिनारलाई धन्यवाद दिएका छन् । युवाहरुले स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको बताउँदैे व्यवसायलाई सफल बनाउनको लागि आवश्यक समन्वयन गर्ने समते बताए ।  

उद्घाटन समारोहमा सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताएका छन् । ‘ भैरहवा लुम्बिनी प्रदेशकै केन्द्र भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । यस्तो अवस्थामा लामिनार जस्तो गुणस्तरीय टायलको शोरुम यहाँ सञ्चालन गर्नु हाम्रो लागि खुसीको कुरा हो ।’ उनले बताए । 

जे जे स्टोनेक्स प्रा.लि.का निर्देशक देव कुमार अग्रवालले भने,“अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्। टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन्। यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ।”

लमिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको जनाएको छ। कम्पनीले १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।