कक्षा ११ मा भर्नाका लागि करिब ६ सयले दिए एभरेष्टमा प्रवेश परिक्षा

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा अध्ययनका लागि करिब ६ सय जना विद्यार्थीले आज प्रवेश परिक्षा दिएका छन् ।

एसईई उत्तिर्ण विद्यार्थीहरुले आज विहान ११ बजेदेखि परिक्षा दिएका हुन् । कलेजका भाईस प्रिन्सिपल टीएन भण्डारीका अनुसार ५ सय ७६ जना विद्यार्थी प्रवेश परिक्षामा सामेल भएका छन् ।

प्रवेश परिक्षा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायको अध्ययनका लागि रहेको उहाँले बताउनुभयो । एभरेष्ट कलेजमा विज्ञान, कम्प्यूटर विज्ञान र व्यवस्थापन विषयको अध्यापन हुने गरेको छ । एउटा कक्षा कोठामा ३५ जना मात्र विद्यार्थी राखेर अध्यापन गराउने एभरेष्टले विज्ञान तर्फ चार सेक्सन र ब्यवस्थापन तर्फ दुई सेक्सन मात्र अध्यापन गराउने जनाएको छ ।

एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले निश्चित संख्यामा विद्यार्थी भर्ना गर्नुको उद्देश्य गुणस्तरीय शिक्षाका लागि रहेको बताउनुभयो । एभरेष्ट आफैंमा एउटा ब्राण्ड रहेकाले गुणस्तरलाई अत्यत्न ख्याल गरिने उहाँले बताउनुभयो ।

अत्यन्त सुविधा सम्पन्न भौतिक पूर्वाधारमा उच्चतम प्रविधियुक्त शैक्षिक वातावरणमा अध्यापन हुने एभरेष्ट विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै गएको छ । सिमित संख्या, गुणस्तरीय शैक्षिक वातावरण, स्थिर उत्कृष्ट नतिजा, विभिन्न अतिरिक्त कृयाकलाप र अन्तर्राष्ट्रिय फोरमहरुको उपयोग गर्ने वातावरणका कारण विद्यार्थी र अभिभावक आकर्षित हुँदै गएको पाइन्छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।