बार एशोसियसनको आकस्मिक बैठक बस्दै
काठमाडौं, ४ बैशाख । नेपाल बार यशोसियिनको आकस्मिक बैठक बस्दैछ।
हालै बालेन्द्र शाह सरकारले प्रधानन्यायधिसमा सिफारिस गरेका मनोजकुमार शर्मा बिरूद्व मुद्वा दर्ता गर्न आदेश दिए पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको हो।
कार्यबहाक प्रधानन्यायधिस सपना प्रधाा मल्लले शर्मा बिरूद्वको उजुरी दर्ता गराई पेशि चढाउन आदेश दिए पछि सर्वोच्च अदालत आन्तरिक बिबादमा तानिएको छ।
शर्माले मल्लको आदेश अनुसार निबेदन दर्ता नगराउन मौखिक निर्देशन पछि हालसम्म निबेदन दर्ता हुन सकेको छैन्। प्रमुख जिष्ट्रार र सहायक रजिस्टार कार्यालय छाडेर हिडे पछि थप अन्यौल बढीरहेको बेला बारको आकस्मिक बैठक बस्न लागेको हो।


