‘चन्दा नदिए गाडी फुटाइदिन्छौँ’— उद्योगीलाई धम्की, रुपन्देहीको लगानी वातावरणमाथि प्रश्न

रुपन्देही, ०५ जेठ । रुपन्देहीका उद्योगी व्यवसायीमा पछिल्लो समय सुरक्षा चिन्ता बढिरहेका बेला चैतन्य आरएमसी तथा निर्माण सेवा प्रालिका अध्यक्ष भरतकुमार पोखरेल ले आफूलाई चन्दा माग्दै धम्की आएको सार्वजनिक गरेका छन्। भैरहवामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको नाममा उद्योगमा चन्दा मागिएको र रकम नदिए उद्योगका गाडी तोडफोड गर्ने चेतावनी दिइएको बताएका हुन्।

पोखरेलका अनुसार “चैतन्य रेडिमिक्स कङ्क्रिट प्रालि” को नाममा आर्थिक सहयोग माग गर्दै पत्र पठाइएको थियो। त्यसपछि विभिन्न नम्बरबाट पटक–पटक फोन गरी रकम उपलब्ध गराउन दबाब दिइएको उनले बताए। आफूलाई सुरेन्द्र क्षेत्री बताउने व्यक्तिले फोनमार्फत मंगलबारसम्म चन्दा नदिए उद्योगका गाडी फुटाइदिने धम्की दिएको उनको दाबी छ।

“लोकतान्त्रिक व्यवस्थामा पनि डर, धम्की र दबाब दिएर चन्दा उठाउने काम स्वीकार्य हुन सक्दैन,” पोखरेलले भने। उनले यस्ता गतिविधिले उद्योगी व्यवसायीमा त्रास सिर्जना गरेको उल्लेख गर्दै कानुनी राज्यको अनुभूति दिलाउन सरकार र सुरक्षा निकायलाई सक्रिय हुन आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनक बहादुर शाही ले घटनाबारे मौखिक जानकारी प्राप्त भएको र आरोपितको खोजी भइरहेको बताएका छन्। रुपन्देही औद्योगिक गतिविधिको मुख्य केन्द्र बन्दै गइरहेका बेला उद्योगीमाथि धम्कीका घटना सार्वजनिक हुन थालेपछि यहाँको लगानी वातावरण र व्यवसायिक सुरक्षामाथि प्रश्न उठ्न थालेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।