झापा र सुनसरीबाट लागू औषध सहित ९ जना पक्राउ

विराटनगर, जेठ ५ गते । झापा र सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको विर्तामोड नगरपालिका ५ शनिश्चरे रोड पाथीभरा टोल स्थितबाट विर्तामोड नगरपालिका १ का १९ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, ASPAM नामक प्रतिबन्धित औषधी ४ ट्याब्लेट सहित र हिजै राती साँढे ९ बजे विर्तामोड नगरपालिका ५ ईन्द्रेणी टोल स्थितबाट ब्राउन सुगर १९० मिलिग्राम सहित कारोबारमा संलग्न सोही स्थानका ३५ बर्षीय हरसिंह राजबंशी, २१ बर्षीय राजु राजबंशी, विर्तामोड नगरपालिका ६ का ४४ बर्षीय सन्तोष कुमार पराजुली र विर्तामोड नगरपालिका ९ का २२ बर्षीय प्रशान्त खड्कालाई पक्राउ गरेको छ ।

त्यसैगरी हिजो दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.१-०१-००२ ह ७३१२ नम्बरको सिटी सफारी चालक सोही स्थान भानुटोलका ३८ बर्षीय जिवन घिमिरेलाई ब्राउन सुगर ११ ग्राम २०० मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाकै दमक नगरपालिका ६ स्थित बसपार्कबाट दमक नगरपालिका १ बस्ने २७ बर्षीया विमला दाहाललाई ब्राउन सुगर ६ ग्राम ८४० मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी अस्थाई प्रहरी चौकी बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ सम्पाङ चौक स्थितबाट सुनसरी हरिनगरा गाँउपालिका ६ बस्ने २१ बर्षीय अंजक अंसारी र हरिनगरा गाँउपालिका ७ बस्ने १८ बर्षीय अब्दुल वाहिद अंसारीलाई ट्रामाडोल २००० क्याप्सुल र डिकोलिक २००० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।