पथरी शनिश्चरे नगरपालिकाका उपमेयरको एक्सन, औषधी पसलमा छापा
माेरङ, ६ जेठ । पथरी शनिश्चरे नगरपालिकाका नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्ले ‘एक्सन’मा उत्रिनु भएको छ ।
काफ्लेको अग्रसरतामा पथरीशनिश्चरेका विभिन्न औषधी पसलमा सोमवार वाट छापा मार्न थालिएको छ ।
नगरपालिकाका विभिन्न वडामा रहेका औषधि पसल छापा मार्दा म्याद गुज्रिएका र पसल दर्ता नभएको पाएकाले सचेत गराइएको हो ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको विक्री वितरण नियन्त्रण गर्न उपमेयरको टोली लागेको हो । आमाको दुधको सटटा अन्य वस्तु विक्रि बढेको गुनासोको आधारमा नगरले अनुगमनलाई कडा बनाएको हो ।


