धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया: चार जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि संक्षिप्त सूची (शर्टलिस्ट) सार्वजनिक गरिएको छ। 

अर्थ मन्त्रालय मातहतको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समिति मार्फत आज एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो। 

समितिले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण माग गरेकोमा तोकिएको म्यादभित्र आवेदन दिने ४७ जनामध्येबाट उत्कृष्ट ४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको जनाएको छ।

समितिद्वारा सार्वजनिक गरिएको संक्षिप्त सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट गरेका छन्। संक्षिप्त सूचीमा समेटिएका यी चारै जना उम्मेदवारहरूलाई सिफारिस समितिले आगामी जेठ ८ गते शुक्रबारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा अन्तर्वार्ता तथा छलफलका लागि बोलाएको छ।

यसरी संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूसँगको छलफल र कार्ययोजना प्रस्तुतीकरण पश्चात् समितिले उपयुक्त नामहरू मन्त्रिपरिषद्मा सिफारिस गर्ने र मन्त्रिपरिषद्ले बोर्डको नयाँ अध्यक्ष चयन गर्ने कानुनी व्यवस्था रहेको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।