प्रधानन्यायाधीश शर्माद्वारा शपथ

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अनुमोदित नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार प्रधानन्यायाधीश शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

न्यायपरिषद्ले बुझाएको ६ जना सम्भावित उम्मेदवारको सूचीमध्ये संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो। 

न्यायालयमा स्थापित वरिष्ठताको स्थापित परम्परा र मर्यादालाई मिचेर शर्माको नाम सिफारिस गरिएपछि नेपाल बार एशोसिएशन लगायतका सरोकारवालाहरूले विरोध जनाएका छन्। उनीहरूले यस कदमले न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेका छन्।

सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको रोलक्रममा सपना प्रधान मल्ल रहेकी थिइन् र वरीयताका आधारमा उनी नै प्रधानन्यायाधीशको प्रमुख आकांक्षी थिइन्।

सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश जारी गरेपछि यो नियुक्ति सम्भव भएको हो। उक्त अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्का ३ जना मात्र सदस्य उपस्थित भए पनि निर्णय गर्न सक्ने खुकुलो प्रावधान राखिएको थियो। सोही अध्यादेशको जगमा बसेर बसेको परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको हो।

प्रधानन्यायाधीश सिफारिसको यो निर्णय सर्वसम्मत भने हुन सकेन। संवैधानिक परिषद्का सदस्यद्वय—प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले शर्माको नाममा असहमति (नोट अफ डिसेन्ट) जनाएका थिए। दुई सदस्यको तीव्र असहमतिका बाबजुद परिषद्ले बहुमतका आधारमा शर्माको नाम सिफारिस गरेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।