विराटनगरमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु
विराटनगर । विराटनगरमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको दुःखद निधन भएको छ।
विराटनगरस्थित आइसीपी रोडमा भएको दुर्घटनामा गम्भीर घाइते भएका विराटनगर–१४ का अन्दाजी ३८ वर्षीय शिवचरन ठाकुर र उनकी अन्दाजी १३ वर्षीया छोरी गरिमा ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले उनीहरूलाई बचाउन नसकेको जनाइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


