झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादले लियो युवतीको ज्यान
झापा। झापाको अर्जुनधारा–८ मा मदिरा सेवनपछि भएको विवादले दुःखद घटना निम्त्याएको छ।
२९ वर्षीया काजल बस्नेत सुवेदीको मृत्यु भएको घटनामा २४ वर्षीय किरण गौतमलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मदिरा सेवनपछि दुवैबीच विवाद हुँदा गौतमले धकेल्दा काजलको टाउको कङ्क्रिटमा ठोक्किएको थियो।
गम्भीर घाइते भएकी काजललाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।


