सशस्त्रका डिआइजी पोखरेल एआइजीमा बढुवा सिफारिस
काठमाडौं, ६ बैशाख । सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) मा मा एकजना सिफारिस भएका छन् ।
सशस्त्र डिआइजी अञ्जनीकुमार पोखरेल हिजो भएको निर्णय अनुसार बढुवाका लागि सिफारिसमा परेका हुन ।
सशष्त्र प्रहरी बढुवा समितिको जेठ ५ गते बसेको बैठकले पोखरेललाई सिफारिसको निर्णय गरेको छ ।
महानिरीक्षक तथा बढुवा समितिका सदस्य सचिव नारायणदत्त पौडेलका अनुसार उक्त सिफारिसमा चित्त नबुझ्ने डिआइजीहरुले आगामी सात दिनभित्र उजुरी दिन सक्नेछन ।


