झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित १२ जना पक्राउ
विराटनगर, जेठ ६ गते । झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट जेठ ५ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ ।
सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT, वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका जानकी धामी, किरण राई, समिर राई र विशाल राज धामिलाई १५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्क अनारमनीले सोही स्थानका रोहित श्रेष्ठ र सुनिल दासलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-९ का सौगात बस्नेत र पाचँथर जिल्ला हिलिहाङ गाउँपालिका-३ का आमिङ योङहाङलाई ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय सुरुङगाले कन्काई नगरपालिका-३ स्थितबाट सोही स्थानका चन्द्र बहादुर पौडेललाई ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का देव कुमार राईलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी नेपालटारले सिरहा जिल्ला लहान नगरपालिका- १७ की लिलादेवी राम र लहान नगरपालिका- ८ की अस्मिता रामलाई ६ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।
पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेक छ ।


