झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
झापा, जेठ ६ गते ।झापाको हल्दिबारी गाउँपालिका-५ की ३३ वर्षीया उर्मिला भण्डारीलाई हत्या गरेको आरोपमा उनकै श्रीमान ४४ वर्षीय गोकर्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ ५ गते राती घरायसी बादबिवादको क्रममा गोकर्ण भण्डारीले श्रीमतीको टाउकोमा बाम्फोक प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न श्रीमानलाई घटनामा प्रयोग भएको बाम्फोक सहित नियन्त्रणमा लिएको हो ।
हत्यामा संलग्न भण्डारीको जिल्ला प्रहरी कार्यालय झापाबाट आवश्यक कानूनी कारवाही तथा अन्य थप अनुसन्धान भईरहेको छ ।


