प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन्ः सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं, ६ जेठ । सुचना तथा सञ्चार मन्त्री बिक्रम तिमल्सिनाले प्रेस स्वतन्त्रताको नाममा ‘स्वच्छन्दता’ नहुन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको जारी अधिवेसनमा सांसदहरूले सोधेका र चासो राखेको बिषयमा जवाफ दिदैँ सञ्चारमन्त्री तिमल्सिनाले स्वतन्त्र प्रेस प्रति सरकार अनुदार र निरंकुश कहिल्यै नहुने पनि प्रतिबद्दता जनाएका छन् ।

 

‘कतिपय माननीयज्यूले सरकार प्रेस प्रति निरकुंश चरित्र निभाएको, संकुचित र नियन्त्रण गर्न खोजेको हो कि भनेर प्रश्न उठाउनु भएको छ, म यहीबाट भन्न चाहान्छु, स्वतन्त्र प्रेस प्रति सरकारको पुर्ण प्रतिबद्द छ, यो संबिधानले दिएको नै अधिकार हो, यो स्वतन्त्रता आज, भोली र पर्सी पनि रहनेछ,’ मन्त्री तिमल्सिनाले भने, ‘तर, प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता भने होइन, अहिले पनि ढुक्क भएर पत्रकार साथीहरूले आफ्नो गरिमा र सिमा भित्र रहेर स्वतन्त्र रूपमा काम गर्न सक्नुहुन्छ ।’ 

 

उनले प्रेस काउन्सिललाई सशक्त बनाउने र क्षमता अभिबृद्दी बढाउनका लागि काम गरिरहेको जनाउँदै नेपाली मौलिक चलचित्रलाइ बजेट दिएर प्रोत्सहान दिने सरकारको नीति रहेको भन्दै त्यसका लागि बजेट नै छुटयाउन लागेको पनि उनले जानकारी दिएका छन् ।

 

उनका अनुसार एआइ बिधेयक तयारी र तर्जुमा भइरहेको छ भने हेटौडा र कोहलपुरमा डाटा सेन्टर बनाएर तथा क्षमता बृद्दी गरेर सरकारी वेभसाइटको क्षमता बृद्दी गरिन लागेको उनले बताए । इन्टरनेट गतिमा बृद्दी गराउनका लागि सरकार लागि परेको पनि उनले जानकारी दिएका छन्  ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।