राष्ट्रपतिले उद्घाटन गरे कोशी गाउँपालिकाको लौकही सिटी हल

सुनसरी, ६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आई सके पछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताएका छन । 

 

सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरुप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताए । 

 

राष्ट्रपति पौडेलले भने, ‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासन प्रणालीले राखेको उद्देश्य पूरा हुन्छ, यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।’

 

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरुप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएकोसमेत बताए । उनले अगाडी भने,  ‘यसै सन्दर्भमा यो ग्रामिण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ । यो परियोजना विकासमा तिनै तहको सरकारबिच हुने सहकार्यको राम्रो उदाहरण पनि हो ।’

उनले सप्तकोशी नदीको किनारमा रहको कोशी गाउँपालिका ऐतिहासिक एवम् धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै हाल कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकोले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहासको स्मरण गरेका थिए ।

‘सप्तकोशी बाँधको समिपमा सुनसरी जिल्लाको महत्वपूर्ण धार्मिक स्थलहरू बराहक्षेत्रधाम, रामधुनि, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा मन्दिर छन् तसर्थ यस क्षेत्रको भ्रमणबाट मलाई मनोरम अनुभुति पनि भएको छ, ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण यो ठाउँ पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ भएकाले यसलाई त्यही रुपमा विकास गर्न म सम्बद्ध सबै पक्षसँंग आग्रह गर्दछु,’ राष्ट्रपतिले भने ।

 

राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको यस ठाउँमा बस्ती पुनर्स्थापित भएको र विकासका गतिविधिहरू तिव्र रुपमा सञ्चालन भएको देख्दा आफूलाई खुशी लागेको भन्दै तिनै तहको सरकारको हातेमालोबाट यस बाढीपीडित जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पु¥याउने अपेक्षा आफूले राखेको उल्लेख गरेका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।