विराटनगरमा एक महिलाको शव फेला
विराटनगर । विराटनगर महानगरपालिका–७ को हाटखोला बसपार्क पछाडिको चउरमा आज बिहान एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ८ः४५ बजे स्थानीयवासीले महिलालाई सुतिरहेको जस्तो अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक अन्दाजी ५० वर्षकी महिला रहेको र हालसम्म पहिचान खुल्न नसकेको बताइएको छ।
नेपाल प्रहरीका मोरङ प्रहरी प्रवक्ता लिलाराज लामिछानेका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ।


