सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको थप आन्दोलन घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी विभेदकारी निर्णयविरुद्ध थप दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकारको पक्षमा सकारात्मक पहल लिन सरकारलाई आग्रह गर्दै राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र सरकारी सूचना तथा विज्ञापन दिने निर्णयप्रति आपत्ति जनाएको हो।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सूचनामा पहुँच सुनिश्चित गर्न र श्रमजीवी पत्रकारको पक्षमा तत्काल पहल गर्न सरकारसँग माग गरेको छ। साथै, विभेदकारी निर्णय फिर्ता नलिए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

घोषित कार्यक्रमअनुसार जेठ ७ गतेदेखि एक सातासम्म महासंघका तीनै तहका संरचनाले हस्ताक्षर संकलन अभियान सञ्चालन गर्नेछन्। यस्तै, जेठ ११ गते महासंघको केन्द्रीय समितिले संघीय संसद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा संसदीय समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउने जनाएको छ।

त्यसैगरी, जेठ १४ गते देशभरका पत्रपत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा सरकारी कदमको विरोधस्वरूप सम्पादकीय लेख्ने तथा कालोपट्टी राख्ने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।

महासंघले यसअघि पनि विभिन्न चरणका दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।