झापाको बिर्तामोड स्थित मिलडाँडाको लिची बगानमा एक जना अपरिचित वृद्ध मृत अवस्थामा फेला
झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित मिलडाँडाको लिची बगानमा एक जना अपरिचित वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
आज दिउँसो करिब २ः१० बजे अन्दाजी ६० वर्षीय वृद्ध उत्तानो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


