झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, जेठ ७ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट जेठ ६ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका-१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।