विधुतीय चुरोट (भेप) सहित ८ जना पक्राउ

काठमाडौं, ७ जेठ । विद्युतीय चुरोट (भेप) सहित ८ जना पक्राउ परेका छन्। 

यसरी पक्राउ पर्नेहरूमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ की ४४ वर्षीया मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छोमाया तामाङ, धादिङको गंगाजमुना गाउँपालिका-३ का २५ वर्षीय सहिन गुरुङ, बाजुरा बढिमालिकानगरपालिका-१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोटको तादी गाउँपालिका-४ का २७ वर्षीय सुवास तामाङ र ओखलढुङ्गाको भदौरे गाउँपालिका-६ का २६ वर्षीय नेत्र बहादुर थापा मगर रहेका छन्। 

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ दाहलफेदीकी ४४ वर्षीय मम्माया तामाङको घरमा चेकजाँच गर्ने क्रममा कोठाभित्र लुकाएर राखिएको भेपसहित उनीहरूलाई पक्राउ गरिएको हो।

 

घरको कोठामा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा ३६ लाख ७५ हजार रुपैयाँ बराबरको १ हजार २२५ थान भेप बरामद गरिएको हो। 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖